मौज्दात दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या आयो : डिडिसी

सरकारले किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको बताएको छ । दुग्ध विकास संस्थानले मुलुकभरका दुध वितरण केन्द्रबाट संकलन भएको दुध प्रशोधनपश्चात बिक्री नहुँदा चालु पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको  जानकारी दिएको हो । राजनीतिक हस्तक्षेप र पाउडर दुध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको काठमाडौं दुग्ध वितरण आयोजनाल े जनाएको छ । 
काठमाडौं, हेटौँडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी पाउडर दूध संस्थानको गोदाममा रहेको छ । पाउडर दुध मात्रै नभएर मखन ७ लाख ६७ हजार १ सय ४४ केजी मौज्दात छ । त्यस्तै काठमाडौं दुध वितरण आयोजनामा ३ लाख ९६ हजार ६ सय ४० किलो पाउडर दुध थन्किएको छ । मुलुकभर गरी १ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८ सय ५० रुपैयाँ बराबरको दुध स्टक रहेको संस्थानको भनाइ छ । संस्थानले २ सय ६ सहकारी संस्था आवद्ध भएर १ लाख घरधुरीबाट दुध संकलन गर्दै आएको छ । औसत दुध संकलन ६५ देखि ७० हजार लिटर छ । सुख्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिव ७० हजार लिटर दुध बिक्री हुने गरेको छ । 

प्रतिक्रिया