सरकारी वकिल कार्यालयको सहमतिमा महरा हाजिरी जमानीमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हाजिरी जमानीमा रिहा गरेको हो । महरा हाजिरी जमानीमा छुटेपनि सुन तस्करी प्रकरणमा महरामाथि छानबिन भने जारी रहने प्रहरीले जनाएको छ । महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई पक्राउ परे लगत्तै नर्भिक अस्पतालमा राखिएको थियो । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् । 
 

प्रतिक्रिया