समाजवादी मोर्चामा एमालेलाई पनि समेट्ने विषयमा नेताहरुबीच छलफल

ओलीसँग छलफल गर्ने जिम्मा दाहाल र नेपाललाई

नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेतासँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । बैठकले एमालेलाई मोर्चामा समेट्नका लागि अध्यक्ष केपी ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिएको छ । बैठकमा यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा पनि छलफल भएको नेताहरुले जनाएका छन् ।  यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । तर, यसबिचमा सत्ता समीकरण बदलिएपछि सो कार्यक्रम स्थगित भएको थियो ।
 

प्रतिक्रिया