प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक

कम्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार गठनपछिको अवस्था, कम्युनिष्ट दलहरुविच सहकार्यको सम्भावना र एमालेलाई पनि मोर्चामा समेटने विषयमा बैठकमा कुराकानी हुने बताइएका ेछ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । चन्दले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता चन्दले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर छलफल गरेका थिए  । 
 

प्रतिक्रिया