अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच भर्चुअल छलफल

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका तीन उपाध्यक्ष मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच नेपालमा ठूला पूर्वाधार आयोजनका विषयमा भर्चुअल छलफल भएको मन्त्रालयले जनाएको छ । सो क्रममा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका निर्माण एवं माथिल्लो अरुण जलविद्युत आयोजना र दूधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ । बैठकबाट सर्वासाधारणलाई समेत सेयर दिने गरी विश्व बैंकको सहुलीयतपूर्ण ऋण तथा नागरिक लगानी कोष, विभिन्न स्वदेशी बैंक तथा सर्वसाधारणको मिश्रित लगानीमा नेपाल प्राधिकरणको सहायक कम्पनीमार्फत उक्त आयोजना निर्माण गर्ने निर्णय भएको बताइएको छ । बैठकमा मन्त्री पुनले ठूलो मध्येको एक अन्तर्राष्ट्रिय विकास साझेदारका रुपमा नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको योगदानका लागि विश्व बैंकलाई धन्यवाद दिएका छन । यातायात, शहरी विकास, कृषि, वन, वातावरण, रोजगारीलगायत क्षेत्रमा विश्व बैंकको लगानीमा विकास आयोजना अघि बढेको जानकारी दिँदै मन्त्री पुनले विभिन्न कारणले ती आयोजनाको प्रगति सन्तोषजनक नरहेको पनि बताएका छन । बैठकमा एसियाली विकास बैंक एडिबीका नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका प्रतिनिधिसमेत सहभागी थिए । 

प्रतिक्रिया