दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, गिरफ्तारीविरुद्ध ‘आप’ सर्वोच्चमा

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ प्रकरणमा आम आदमी पार्टी आप सर्वोच्च अदालत पुगेको छ । बिहीबार राति केजरिवाल पक्राउ पर्नुअघि नै आपको कानुनी टिम उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सर्वोच्चले आजै सुनुवाइ गर्न सक्ने सम्भावना छ । आपले सर्वोच्च अदालतसँग केजरिवालको पक्राउ रद्द गर्न माग गरेको बताएका छन् । दिल्ली मदिरा घोटालामा भारतीय प्रवर्तन निर्देशनालय ‘ईडी’ले केजरिवाललाई नौ पटक जवाफ दिन बोलाएको थियो । तर, उनले ईडीलाई बेवास्ता गर्दै आएका थिए । बिहीबा राति भने उनकै निवास पुगेर उनलाई ईडीले पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको हो । उनलाई ईडीको केन्द्रीय कार्यालयमा राखिएको छ । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । केजरीवाललाई पक्राउ गरेपछि उनको निवासबाहिर नेता–कार्यकर्ताको भिड लागेको छ । भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो । मदिरा घोटाला प्रकरणमा करिब १ सय करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ । 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान