फिफा विश्वकप छनोट: नेपाल बहराइनसँग ५–० ले  पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा नेपाल बहराइनसँग ५–० ले  पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय मैदानमा बहराइनलाई जिताउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादन,  इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले गोल गरेका हुन् । नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो । यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो । बहराइनको भने दोस्रो जित हो ।दशरथ रंगशालामा हुनुपर्ने खेल बहराइनमा भएको हो ।  नेपालले ‘होम म्याच’ खेल्ने अवसर पाएपनि दशरथ रंगशालाको मैदान जीर्ण हुँदा खेल बहराइन सरेको थियो ।  अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ । दशरथ रङ्गशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ । 

प्रतिक्रिया