कर्णाली सरकारमा एमालेलाई नेतृत्व दिन माओवादी सकारात्मक हुनुपर्छ: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउनुपर्ने बताएका छन् । एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउनुपर्ने बताएका हुन् । उनले कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठीक नभएको टिप्पणी समेत गरे । महासचिव पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने पनि बताए । 
महासचिव पोखरेलले नेतृत्वले विवेक पु¥याउने भन्दै प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि बताए ।
 

प्रतिक्रिया