रंगेलीका आगलागी पीडितद्धारा आवास निर्माणका लागि सहयोग अपिल

मोरङको रंगेली–३ स्थित वावुसाहेव टोलका आगलागी पीडितहरुले आवास निर्माणमा सहयोगका लागि अपिल गरेका छन । शनिवारको आगलागीपछि घर जलेर ध्वस्त भएपछि पीडितहरु खुल्ला आकास मुनी त्रिपालको साहारामा गुजारा चलाइरहेका छन । पीडितहरुले खाद्यान्न र लत्ताकपडा लगायतको सहयोग जुटेपनि बासको समस्या रहेको बताएका हुन ।
वुधवार परेको अविरल वर्षा र हावाहुरीका कारण पीडित परिवारको थप विचल्ली भएको छ । पानी परेसंगै चिसो वढेपछि वालवालिका र वृद्धवृद्धा वढि प्रभावित भएका छन । 
पीडितलाई सरकार र तथा गैरसरकारी संस्थावाट सहयोग जुटने क्रम भने जारी रहेको छ ।  पीडितलाई ४ देखि ५ महिना सम्म पुग्ने खाद्यान्न भने जुटिसकेको छ । पीडितले खानेपानीका लागि टयुवेल र घर निर्माण गरिदिन दाताहरुलाई पनि अपिल गरेका छन । रंगेली नगरपालिकाले भने आवास निर्माणका लागि पहल भैरहेको जनाएको छ । 
 

प्रतिक्रिया