पूर्वसूचनालाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक छ : मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताएका हुन । मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए । 
मन्त्री बस्नेतले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुयाउने गरी पूर्वसूचना प्रणालीको विकास र बिस्तार गर्न आवश्यक रहेको बताए । सूचना सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको उनको भनाइ छ । 

प्रतिक्रिया