सरकारी जग्गा किर्ते गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृतविरुद्ध मुद्दा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Akhtiyar-Durupayog-anusandhan-aayog-660x330_yhJokNnsF2_wnfpgt7nqqagrzyledfw8nninnhll6xkdz1zud7qdhclijny1b2hb5d3ker9_O8OWTudRem_vofgblr9wdb5spwtuonan2573d0ic7tbtp4asmzel1vz0kulfcs7oqaed6p4_uoTDom72T1_4peshjiv6j6itlojd84tij0fgnd0klstre9odq43ywliiojcvxkhqww9wx9l_Viy2kssGZH_23zg8fgxe13wo2mbetyrumzvja092rxo5yg8r552ueb77x7chpr7n18xbjyn_fiplEcfGaT_x67wcfk3gv32ynh9he02p3iaaipdruizct6pokxkh2evf5jcrrwoarqz0hao.jpg)
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध ३ करोड २१ लाख ३२ हजार ९ सय ५६ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराइ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीविरुद्ध आज विशष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । काठमाडौं उपत्यका विकास प्राधिकरण,जिल्ला आयुक्तको कार्यालय,काठमाडौंअन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय,बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा,गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना,माकलवारीमा खटिइ काम गर्दै आएका शाखा अधिकृत कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ । कार्कीको आम्दानी र मौज्दातमा रहेको रकममध्ये ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको बैधानिक स्रोत नखुलेको अख्तियारको भनाइ छ । अख्तियारले ३ करोड २१ लाख ३२ हजार ९५६ बिगो र सोही रकम बराबरको जरिवाना कार्कीबाट असुल गर्न माग गर्दै आरोप पत्र दायर गरेको छ । कार्कीको छोरी गृष्मा कार्की र पत्नी देवका अधिकारीको नाममा रहेको गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
प्रतिक्रिया