सुनको मूल्यमा फेरि कीर्तिमान, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्यमा फेरि कीर्तिमान कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार छ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको छ । आज छापावाल सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । तेजावी सुनको मुल्य पनि एक लाख १७ हजार दुई सय कायम भएको छ । यसअघि फागुन २९ गते सुनको भाउ तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको थियो । चाँदीको मूल्य पनि आज अहिलेसम्मकै उच्च भएको छ । हिजो तोलाको एक हजार पाँच सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।।

प्रतिक्रिया