सीमा क्षेत्रको समस्या र गुनासा सुन्न  ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ अभियान सुरु

सशस्त्र प्रहरी वलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । भारतसँग सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरेर सुरु भएको संयुक्त सीमा पैदल यात्रा चैत महिनाभरि सञ्चालन हुनेछ । 
अभियानका क्रममा सीमाबासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरीले जनाएको छ । जिल्लका सुरक्षा निकायका प्रमुखहरु संयुक्त सीमा पैदल यात्रा मार्फत सीमा क्षेत्रमा आएर समस्याको बारेमा जानकारी लिएकोमा स्थानीयले पनि खुसी प्रकट गरेका छन । 
झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १ सय ४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापामा भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजिकरण समिति समेत गठन भएको छ । 

प्रतिक्रिया