मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु, नेपाल र भारतका हजारौँ भक्तजनहरुको सहभागीता

पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने जनाइएको छ । उहाँका अनुसार फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने छन् । त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गृछन् । चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ । 
 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान