महाशिवरात्रिको दिन रातिसम्म करिब आठ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रिको दिन रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छनरु। शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट रातीसम्म दर्शन गरेका हुन । मन्दिरमा दर्शन नगर्ने तर मन्दिर परिसरमा पुग्ने भक्तजनको संख्या १५ लाख रहेको पशुपति क्षेत्र विकास कोषले जनाइको छ । शिवरात्रीका अबसरमा नेपाल, भारत, मलेसिया, बंगलादेश, भुटान, जर्मनी, बेलायत, अमेरिकालगायत देशका भक्तजनले पशुपतिनाथ दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रि सकिएसँगै पशुपतिमा आएका साधुसन्तको भने भोली दक्षिणा दिएर विदाइ गरिने भएको छ । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा मात्रै सात सय ५० जना साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसबाहेक राम मन्दिर र बाहिरी क्षेत्रमा दुई हजार हाराहारी साधुसन्त रहेका छन । त्यसमध्ये दुई सय २० जना नागा बाबा छन ।

प्रतिक्रिया