महाशिवरात्रि पर्व देशभरका शिवालयमा पूजा आराधना गरी मनाइँदै

विस लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अपेक्षा

काठमाडौं । महाशिवरात्रि पर्व देशभरका पूजा आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाउने गरिन्छ । ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।  शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगाय देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । पर्वका अबसरमा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । आज विहानै एक लाख भन्दा बढी भक्तजनले दर्शन गरेका छन । भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । एकैचोटीमा नौ जनादेखि दश जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसवर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ ।

प्रतिक्रिया