रंगेली बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सास्ती

मोरंगको रंगेली बसपार्क व्यवस्थित नहुँदा यात्रुले सास्ती ब्यहोर्दै आएका छन् । बसपार्कवाट सार्वजनिक यातायातका साधनहरु सञ्चालन हुने समय निश्चित नहुँदा स्थानीय, विद्यार्थी र विरामी सबैभन्दा बढी मारमा पर्ने गरेका छन । रंगेली बसपार्कवाट विराटनगरका लागि पन्ध्र पन्ध्र मिनेटको अन्तरालमा बस सञ्चालन हुने तालिका बनाइएको छ । तर विहान भने साढे छ बजेसम्म बस नचल्दा अत्यावश्यक काममा जानुपर्नेहरु मारमा पर्ने गरेका छन । 
क्षमता भन्दा बढी यात्रु राख्ने र समयमा बस नचलाउने समस्या लामो समयदेखि भएपनि त्यसको समाधानको पहल सरोकारवालावाट भएको छैन । रङ्गेली बसपार्कबाट दैनिकी ४९ बटा सार्वजनिक यातायात सञ्चालन हुने गरेका छन् ।
 

प्रतिक्रिया