त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोली घोषणा

सोमपाल, कुशल, दीपेन्द्र, आशिफ र ललित टिमबाहिर

हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–ट्वान्टी आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।  नेपाल क्रिकेट संघ क्यानले आज १४ सदस्यीय टोलीको घोषणा गरेको हो । यस्तै, पाँच मुख्य खेलाडीलाई आराम दिइएको छ । आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ भने लोकेश बम पनि टोलीमा फर्किएका छन् । रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा र प्रतिश जिसीले निरन्तरता पाएका छन । क्रिकेट श्रृंखलाका खेलहरू फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुनेछन् । श्रृंखलामा नेपालसहित आयोजक हङकङ र पपुवा न्यूगिनी सहभागी हुनेछन् ।  नेपालले फागुन २६ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि श्रृंखलाका खेलहरू हुनेछन् । जसअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग फागुन २७ र दोस्रो खेल पपुवा न्यूगिनीसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुने क्यानले जनाएको छ । नेपाली टोली यतिबेला घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय श्रृंखला खेलिरहेको छ । शनिवार मात्रै नेदरल्यान्ड्सलाई हराएर फाइनलमा पुगेको छ ।। 
 

प्रतिक्रिया