इजरायली आक्रमणः मानवीय सहायता सामग्री लिने क्रममा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या एक सय १२ पुग्यो

काठमाडौः गाजा सहर नजिकै मानवीय सहायता सामग्री लिने क्रममा इजरायली आक्रमणमा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या एक सय १२ पुगेको छ ।  सो आक्रमणमा दुई सय ८० जना घाइते भएका छन् । हमासले इजरायली सुरक्षा बलले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । इजरायलले भने सहायता वितरण गर्ने ट्रकलाई भिडले घेरेको र भागदौडका क्रममा हताहती हुन पुगेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो दुखःद घटनाबारे इजिप्ट र कतारका नेताहरूसँग छलफल गरेक छन । प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले इजरायलले एउटा कुरुप हत्याकाण्ड गरेको टिप्पणी गरेका छन । फ्रान्सको परराष्ट्र मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लिम्वानले सहायता सामग्री वितरणमा सर्वसाधारणको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इजरायलको  जिम्मेवारी भएको प्रतिक्रिया दिएका छन् । प्यालेस्टिनी सशस्त्र समूह हमासले यो घटनाले कतारमा जारी संघर्षविरामको वार्तालाई असर पुग्ने चेतावनी दिएको छ । अक्टोबर ७ यताको इजरायली सैन्य कारबाहीमा ३० हजार ३५ प्यालेस्टिनी मारिएको र सत्तरी हजार प्यालेस्टिनी घाइते भएका छन । आक्रमणमा गाजाको अधिकांश क्षेत्र ध्वस्त भएको छ ।  करिब २३ लाख मानिस विस्थापित भएका छन ।
 

प्रतिक्रिया