बेलबारी सडकखण्डमा सवारीसाधन ठोकिदा तीन जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । दुर्घटनामा गम्भीर घाइते हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनु अघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रिपर र चालक सुन्दरहरैचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया