इजरायली आक्रमणमा गाजामा १ सय १२ जनाको मृत्यु
सहायता लिनेमाथि आक्रमण गरेको भन्दै अन्र्तराष्ट्रिय समुदायद्वारा आलोचना
गाजा सहर नजिकै मानवीय सहायता सामग्री लिने क्रममा इजरायली आक्रमणमा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या एक सय १२ पुगेको छ । सो आक्रमणमा दुई सय ८० जना घाइते भएका छन् । हमासले इजरायली सुरक्षा बलले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । इजरायलले भने सहायता वितरण गर्ने ट्रकलाई भिडले घेरेको र भागदौडका क्रममा हताहती हुन पुगेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो दुखःद घटनाबारे इजिप्ट र कतारका नेताहरूसँग छलफल गरेक छन । प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले इजरायलले एउटा कुरुप हत्याकाण्ड गरेको टिप्पणी गरेका छन । फ्रान्सको परराष्ट्र मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लिम्वानले सहायता सामग्री वितरणमा सर्वसाधारणको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय कानुन अन्तर्गत इजरायलको जिम्मेवारी भएको प्रतिक्रिया दिएका छन् । प्यालेस्टिनी सशस्त्र समूह हमासले यो घटनाले कतारमा जारी संघर्षविरामको वार्तालाई असर पुग्ने चेतावनी दिएको छ । अक्टोबर ७ यताको इजरायली सैन्य कारबाहीमा ३० हजार ३५ प्यालेस्टिनी मारिएको र सत्तरी हजार प्यालेस्टिनी घाइते भएका छन । आक्रमणमा गाजाको अधिकांश क्षेत्र ध्वस्त भएको छ । करिब २३ लाख मानिस विस्थापित भएका छन ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया