पर्वतका स्थानीय तहमा भएका विकास निर्माणका काममा अनियमिता

पर्वतका स्थानीय तहमा भैरहेका विकास निर्माणका काम गुणस्तरहीन भएको गुनासो बढेको छ । आवश्यकता भन्दा पहुँचका आधारमा विकास खर्च बिनियोजन हुनुका साथै गुणस्तरीय काम हुन नसकेको सर्वसाधारणको गुनासो छ । शंकर पोखरीमा निर्माणाधिन स्वाथ्य चौकी पुरखे स्वाँरा सडक निर्माणपनि गुणस्तरहीन भएको स्थानीय र जनप्रतिनिधिको आरोप छ । 
स्थानीयले गत बर्ष गुणस्तरहीन निर्माण भएको भन्दै स्थानीयले सडक भत्काएका थिए । यो बर्षपनि स्थानीयले प्रश्न उठाएपछि पुर्वाधार कार्यालयले सडकमा डोजर चलाएको छ । 
तिस लाख बजेटमा निर्माण हुन लागेको सडकको पर्खाल ठेकेदार कम्पनी यमवाई कन्टक्सनले गुणस्तरहिन बनाएपछि अनुगमन टोलीले भत्काएको हो । गतवर्ष  चुचुन देउराली  वडा कार्यालय सडकमा अनियमितता गर्ने ठेकेदारलाई नै पुन काम दिएको भन्दै स्थानीयले विरोध गरेका थिए । 
 

प्रतिक्रिया