एनआरटी क्लव केपी ओली कप फुटबलको फाइनलमा

जावलाखेल युथ क्लबमाथि ३–० को सहज जित निकाल्दै न्युरोड टिम एनआरटी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन  सन्जिव विष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे । एनआरटीले थ्री स्टारलाई १–० तथा जावलाखेलले आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । एनआरटीले उपाधिका लागि मछिन्द्र  र मानेभञ्ज्याङ फुटबल क्लबबीचको विजेताँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल फागुन १९ गते हुने तालिका छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो । 

प्रतिक्रिया