चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता

चीनले नेपालबाट निर्यात गर्ने भैँसीको मासुबारे त्यसको गुणस्तरीयता, व्यावसायिकतालगायतका बारेमा जानकारी माग गरेको छ । चीनले परराष्ट्र मन्त्रालयमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग गुणस्तरीयता तथा व्यावसायिकतामा सुनिश्चितता माग गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा गएका बेला चीनले नेपालबाट तिब्बतका लागि मासु आयात गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार मासु आयात गर्नुअघि नेपालमा मासुको स्वच्छता, व्यवसाय, उत्पादन क्षेत्रलगायतको विषयमा स्पष्ट पार्न पत्र पठाएको छ । कृषि मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका अनुसार चीनले व्यावसायिक सुनिश्चितताका लागि राखेका सबै जिज्ञासाको जवाफ विभागले पठाइसकेको छ । भैँसीको सङ्ख्या, बधशाला, लम्पी स्किन तथा खरोतलगायत रोगको अवस्थामा चीनले चासो राखेको हो । चीनले मासु आयात गर्न तयार भए निश्चित पकेट क्षेत्र निर्धारण गरी मासु उत्पादन गरेर त्यसलाई दिन सकिने कुरा उल्लेखसमेत पठाएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया