देउवाले छलफलका लागि डाके उपसभापति र महामन्त्रीलाई
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई डाकेका छन् । देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि दिउँसो तीन बजे बैठक राखिएको हो ।राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । देउवाले बोलाएको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने मितिका बारेमा पनि कुरा हुने छ । ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरु केन्द्रीय समितिबाट परिमार्जन सहित पारित हुने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।
माल्दिभ्सको हरित अभियान : ५० लाख रुख रोप्ने योजना
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया