संसद् भवनभित्र छिरेर नारावाजी गर्ने लघुबित्त पीडित महिलाहरु रिहा

संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका दुई दर्जन लघुबित्त पीडित महिला रिहा भएका छन् । सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका उनीहरू बुधबार राति रिहा भएका हुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरे लगत्तै उनीहरु छुटेका हुन । देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए ।सोमबार संसद् भवन छिर्नेमा ३५ जना थिए । पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो । देशका विभिन्न स्थानबाट न्याय माग्न हिँडेर काठमाडौं आएका लघुवित्तपीडित अहिले गौशालाको भण्डारखाल जाने गेटको छेउमा रहेको खाली ठाउँमा बसेका छन् । 
 

प्रतिक्रिया