आन्दोलित दुग्ध किसानद्धारा मुख्य राजमार्गमा दुईघन्टा चक्काजाम

दूग्ध किसानले दुध बिक्री गरेवापतको रकम भुक्तानी नपाएको बिरोधमा आन्दोलन जारी राखेका छन । केन्द्रिय दुग्ध सहकारी संघलगायतले फागुन १७ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन किसानले गरिरहेका हुन । किसानहरुले अहिले  १० देखि मध्यान्ह १२ बजेसम्म जिल्लाका राजमार्गमा शान्तिपूर्ण रुपमा चक्का जाम गरिरहेका छन ।  फागुन २१ गतेदेखि माइतिघर मण्डलामा माग पूरा नहुञ्जेलसम्म धर्ना तथा विरोध प्रदर्शनको तयारी किसानहरुको छ । संघले अघोषित मिल्क होलिडे तत्काल अन्त्य गर्न, किसानको भुक्तानी उपलब्ध गराउन, सरकारी र निजी डेरी उद्योगसँग मौज्दात रहेको दुग्धजन्य पदार्थ कुटनीतिक माध्यमद्वारा अन्तर्राष्ट्रिय बजार खोज्न सरकारसँग माग राखेको छ ।यसबाहेक किसानलाई दुग्ध क्षेत्रसँग जोडेर राख्न कृषि कर्जामा अनुदान, उत्पादन लागत घटाउने कार्यक्रम, पशु आहार र पशु औषधीमा मूल्य नियन्त्रण र अनुदान, प्रतिलिटर दूधमा ५ रुपैयाँ नगद अनुदान, निर्यातित दुग्धजन्य पदार्थमा अनुदानलगायतका माग पनि किसानको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले हालसम्म गरी किसानलाई १ अर्ब रुपैयाँको हाराहारीमा बक्यौता रकम तिर्न बाँकी छ । बाँकी साढे ५ अर्ब निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तिर्न बाँकी छ ।
 

प्रतिक्रिया