डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त

दक्षिण कोरियाको सरकारले काम नफर्किने डाक्टरलाई नियन्त्रणमा लिएर लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ । डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सरकारले आजदेखि काममा फर्कन डाक्टरहरुलाई समयसीमा दिएको हो । सरकारको आग्रहलाई अटेर गरे प्रदर्शनस्थलबाटै डाक्टरलाई नियन्त्रणमा लिएर जेल हाल्ने सरकारको तयारी छ । तलबबृद्धि र डाक्टरको संख्या बढाउनुपर्ने भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनका कारण प्रमुख शिक्षण अस्पतालमा शल्यक्रियामा अवरोध र ढिलाइ भएको छ । हजारौं जुनियर डाक्टरहरु अस्पताल छोडेर बाहिरिएपछि दक्षिण कोरियामा उपचार सेवा प्रभावित भएको हाृ । मुलुकभरका करिब तीन चौथाई कनिष्ठ डाक्टरहरूले गत हप्तादेखि काम छोडेका हुन । वृद्ध जनसंख्याको चाप बढ्दै जाँदा एक दशकपछि स्वास्थ्यकर्मीको अभाव झनै बढ्ने सरकारी आँकलन छ । डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । 

प्रतिक्रिया