काठमाडौंका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध
संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवासमा प्रशासनको अवरोध
![](https://snowberry.prixacdn.net/media/gallery_folder/parliamment-road-block-2-2722024080924_WkpZb8JpyU_al3et32zqmyjfeayrbyyrrqsl3ithmspwutfixoo9ys2ewv6grdckts2o8we_UwKl7s5sam_y0kvc3s6t8mjz4wa9iq731f5j5y9xhbggmjwqx0kvumar7h5ddzbpd05tv0l.jpg)
सरकारले काठमाडौंका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध लगाएको छरु। राजधानीका प्रमुख केन्द्रलाई चार महिनादेखि निषेधित क्षेत्र बनाएको सरकारले फुटपाथमा समेत मंगलबारदेखि प्रतिबन्ध लगाएको हो । सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र परेकामा आवश्यक रणनीति बनाउनुको सट्टा सरकारले संसद् भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बाहिरको पैदलयात्रीलाई अवरोध गरेको हो । नयाँ वानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले घेराबारा लगाइएको छरु। यसैगरी प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबार क्षेत्रमा पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारको उत्तर र पूर्वतर्फको पैदलमार्गमा प्रवेश निषेध लेखेको ब्यानर टाँगिएको छरु। सिंहदरबार वरिपरि पनि हिँड्न नदिन डोरी टाँगिएको छ । सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालका लागि मात्रै फुटपाथहरूमा निषेध गरिएको काठमाडौं प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले गत मंसिर ४ मा निषेधित क्षेत्र तोक्न सुरु गरेको थियो । माइतीघरदेखि बानेश्वरसम्म, पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघरको चारैतर्फ र बबरमहलसम्म, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको थियो। पाँच जनाभन्दा बढी भेला भएर जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेको थियो ।
![सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan_Aspf6fmfNr_lwoglkul43luwzhsliwixtmh6wdzgf6ixfrlizbmasxtkmb9rbyulcayhndb_HfoG6EcfBw_hvwfnfdoihggn4y9ppyxz8dnizezdal7hqba99tp1umtvt23wjk9sbmomy37.jpg)
सरकार जसको बनेपनि वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छ : महामन्त्री थापा
![वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px_9GIWJZvNIv_uqiqa4h8t5mqnpk3ofroj3ctav1qhens4akqvxrsvpppzmvwgg5c2xotzowc_QbwcQjNaMX_ymakbxowwyhjc7it4qslh6vw65krkpf1ygfckhl4xxp9hjv2wxpjhlnuwjpk.jpg)
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
![जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/japan-flag_9H8WXBWHxr_dgicxh0nexhxmjz8xmsk1dqq6qng8trllvpwslxkpsp5xfwti6e9f72wigkp_6cnYnq7WwC_lgmysqwwj7aht0hnqgglpa138ufhntgyztpwaxxqpebkkisipb83ipubbb0h.jpeg)
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि
![भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-20250121-wa0006-2212025085103-1000x0_2N1IVuXSzY_u9azo9ig6oyappu0ogczovhpo22dwpyc0pfft3zvdq8z7x9uw8qtwbznwwyz_etGMNiF8Vo_j5esli5ef7uagfackoxbm0872cnd06u010ujh9rlfyxhf7lrl4xezx01zcuz.jpg)
भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा
![प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/received_985522963464165_5PVFtVa257_e2zhwqzy28kcodpzgsvgjokbluxy7aiaaalfufut1w26ddxdvkctcrkmqygg_ccT4R4qgpv_immxvzqecpfmbixhxz5lca2uwdjd365d0qcvjwxabgzdphts2gladdjhs7e3.jpeg)
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
![चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident-1713076124_YWiXDDwiyZ_9k9s9dikhbgjhftlkpymhgayg0utcigwbd6ogo1hykly0yd89c19jxdmqpt9_VvrCGbvAwF_ixn1ocimysdaeorwqfe1v8kzxblbryqghlcvbb1nxw5tuvdlwwrny2vjzag7.jpg)
चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
![टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi1637632894_01oqdaJHyc_og8rzhpvejxahlinibrzbrkxawuqfvxeudtqeaeyrjs2woy5v7nqabfbbtys_fka8Zx5Bm2_i27gdrevyhmofc45ai4zlthz176a83qqr2qimsmqcemv4q4kymujp5opgnbd.jpg)
टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
![लेखा समिति सभापतिका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/anil_ELYBbONBzn_gy60tavlp4hedeqcomslpnmk0qolnlr23sgqsbkn5qggnr6rzh55w5iznapt_014obKQcaU_cmdlytzn0h0ys2jurhnh2kynfncwhfbreynmi5wbb5h3pg8emh3bi2tyw7zf_qYzz7l8Whs_ciqd5ikrqexwj9c4yqwnjfcajbfinjldly9xter6propao2114aowksih1pk_4weyTHdIbC_dc6fhqeylbcuzszylxqf8dv4wzlcyiyiblehy9khgtof3bdqu6bf1sbw0rmv.jpg)
प्रतिक्रिया