हमासमाथिको युद्ध जित्ने इजरायली प्रधानमन्त्रीको दाबी

इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी हुने दाबी गरेका हुन । हमाससँगको जारी युद्धमा इजरायलले विश्वव्यापी रुपमा समर्थन गुमाउने खतरा बढ्दै गएको अमेरिकी चेतावनी लगत्तै नेतान्याहुको भनाइ सार्वजनिक भएको हो । उनले एक वक्तव्य प्रकाशित गरी युद्ध शुरु भएको दिनदेखि अमेरिकाले युद्ध अन्त्य गर्न र इजरायललाई समर्थन गर्दै आएको दाबी गरेका हुन । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सोमबारसम्म दुई राष्ट्रबीच युद्धविराम हुन सक्ने बताएका थिए । कतारको मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधीबीचको वार्ता सकारात्मक रहेको बताइएको छ । हमास बन्धकहरु रिहाइका लागि र इजरायल पनि मानवीय सहायताका लागि लचिलो हुने सम्झौता हुन लागेको हो । युद्धको त्रासका बीच बाँचिरहेका गाजाका नागरिकहरुले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको युद्धविरामको खबरसँगै खुसीको सास फेरेका छन् । इजरायल–गाजा युद्ध अक्टोबर ७ मा सुरु भएको हो । हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारवाही स्वरुप गाजामा आक्रमण शुरु गरेको हो । हमासले बन्धक बनाएका २ सय ५३ जना मध्ये अझै पनि १ सय ३० जना हमासकै कब्जामा छन् । इजरायली आक्रमणमा परी गाजामा हालसम्म २९ हजार ८ सय प्यालेस्टायनीले ज्यान गएको छ ।। 

प्रतिक्रिया