भजन शिरोमणि भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यलाइ सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा  निधन भएको हाे । 

आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले दर्जनौंको संख्यामा भजन पनि गाएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

प्रतिक्रिया