क्यानद्वारा खेलाडीको वर्गीकरण अनुमोदन, ‘ए’ श्रेणीका क्रिकेटरलाई मासिक एक लाख

‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र महिला खेलाडीको तलव वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि ए श्रेणीमा रहने पुरुष खेलाडीको मासिक तलव ६० हजार रुपियाँ थियो । 

क्यानले  श्रेणी ‘ए’ मा रहेका पुरुष खेलाडीलाई एक लाख र महिलालाई ५० हजार रुपियाँ दिने निर्णय गरेको छ । क्यानले पुरुषतर्फ ३० र महिलामा १९ जना खेलाडीइलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीमा विभाजन गरी मासिक तवल दिने निर्णय गरेको हो । पुरुषतर्फ श्रेणी ‘ए’ मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् ।

पुरुषतर्फ श्रेणी ‘बी’ मा रहेका खेलाडीले मासिक ७० हजार रुपियाँ पाउनेछन् । क्यानले पुरुषतर्फ श्रेणी ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र कुशल भुर्तेललाई राखेको छ । श्रोणी ‘सी’ का पुरुष खेलाडीलाई मासिक ५५ हजार रुपियाँ प्रदान गरिने क्यानले जनाएको छ । श्रेणी ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी रहेका छन् । 

यस्तै श्रेणी ‘डी’ मा ३५ हजार पाउने खेलाडीहरुमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । क्यानले इमर्जिङ क्याटेगोरीमा मासिक २५ हजार रुपियाँ दिनेगरी दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामीलाई समावेश गरेको छ । 

पुरुष र महिला खेलाडीको तलवमा भने धेरै अन्तर राखिएको छ । क्यानले महिलातचर्फ ‘ए’ श्रेणीमा मासिक ५० हजार रुपियाँ दिनेमा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगरलाई राखेको छ । 

यस्तै मानसिक ३५ हजार दिनेगरी ‘बी’ श्रेणीमा कविता कुँवरलाई राखेको छ भने । श्रेणी ‘सी’ मा मासिक ३० हजार रुपियाँ दिनेगरी पूजा महतो र अश्मिना कर्माचार्यलाई राखेको छ । 

यस्तै मासिक २५ हजार रुपियाँ दिनेगरी श्रेणी ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावललाई समावेश गरेको छ । महिलातर्फ इमर्जिङ खेलाडीमा मासिक २० हजार रुपियाँ दिने गरी सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविनलाई राखिएको छ । 

क्यान कार्यसमितिको बैठकले नेपाल ‘ए’ टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा पूर्व खेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिक्रिया