BREAKING:
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुमा समस्या आएपछि अस्पताल भर्ना टी ट्वान्टी अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि नेपालको रोमाञ्चक जित भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान, ५८ सीटका लागि प्रतिष्पर्धा बजेटमा स्रोतबिहीन योजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छः अध्यक्ष सिंह स्वतन्त्र प्रेस विना स्वतन्त्र न्यायपालिका परिकल्पना गर्न नसकिने प्रधानन्याधीशको श्रेष्ठको भनाइ संसदको गरिमा र ओझ खस्कँदै गएको पूर्वसभामुख सापकोटाको भनाइ सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभामा जाने फेरी कोभिड नाइन्टिनको नयाँ भेरियन्ट देखियो संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउन सभामुखको आग्रह सरकारले देशको आर्थिक विकासमा जोड दिन नसकेको बाबुरामको गुनासो बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छ: अध्यक्ष साह सहकारी पीडितको अनिश्चितकालीन अनसन र धर्ना सुरु गृहमन्त्रीको नाम उल्लेख नगर्ने गरी कार्यदलमा नयाँ प्रस्ताव प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना मिटरब्याज पीडितहरुलाई २१ दिन भित्र उजुरी गर्न जाँचबुझ आयोगको आह्वान घोषणा गरेको कार्यक्रम कार्यान्वयनको सुरसारै नगरेको भन्दै बालेनले सम्झाए सङ्घीय सरकारलाई राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितलनिवासमा भेटवार्ता संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदल आजपनि छलफलमा सिरोहियालाई आज अदालत उपस्थित गराइदै,  बुँदे प्रष्टिकरण सार्वजनिक अन्तर्राष्ट्रिय न्यायालयले आज इजरायलविरुद्धको मुद्दामा फैसला सुनाउदै गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग विद्यार्थी चढेको जीप मुगुमा दुर्घटना, ११ जना घाइते बुद्धजयन्तीका अबसरमा देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड सप्तरीको महदेवा चिम्टीमा मंगलबार साँझ आगलागी हुँदा एक सय दश घर जलेर नष्ट उपनिर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेता इलाममा केन्द्रित लुम्बिनी प्रदेशका बा¥ह जिल्लाका चार सय बढी स्थानमा डढेलो

रुस–युक्रेन युद्ध शुरु भएको आज दुई वर्ष पूरा

काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएको आज दुई वर्ष पूरा भएको छ । रूसले सन् २०२२ फेब्रुअरी २४ तारिखमा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको थियो । तर अझै पनि दुई देशबीचको लडाइँ रोकिने सम्भावना देखिएको छैन । किएभले आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनर्स्थापित गर्न लडाइँ निरन्तर रहने जनाएको छ । त्यस्तै मस्को पनि आफ्नो लक्ष्य प्राप्त नभएसम्म पछि नहट्ने अडानमा छ । रुसले युक्रेनको झण्डै १८ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ । यसमध्ये क्राइमिया प्रायद्वीपलाई उसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो र डोनेट्स्क र लुहान्स्कलाई पनि त्यसबेला नै कब्जा गरेको थियो । युक्रेनले रुससँगको लडाइँका लागि ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गर्दै आएको छ । पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण तथा लामो दुरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन् । रुसलाई छिमेकी बेलारुसले आफ्नो भूमि तथा हवाई क्षेत्र प्रयोग गर्न दिइ समर्थन गरिरहेको छ । चीनले युक्रेनमाथि रूसको आक्रमणको निन्दा गरेको छैन तर रूसलाई सैन्य समर्थन पनि नगरेको विभिन्न आधारमा बीबीसीले विश्लेषण गरेको छ । यसैबीच रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतले पुष्टि गरेको छ । भारतको विदेश मन्त्रालयले केही आफ्ना नागरिक रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको पुष्टि गरेको हो । यस्तै रुसी सेनामा भर्ना भएकामध्ये अहिलेसम्म कम्तीमा १२ जना नेपालीको ज्यान गएको छ । पाँच जना युक्रेनी सेनाको कब्जामा छन् । एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि निवेदन दिएका छन्। यसबाहेक के–कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका वा घाइते वा हराएका छन् भन्ने विवरण नेपाल सरकारसँग छैन ।

प्रतिक्रिया