थापाथली प्रसूति गृहबाट नवजात शिशु चोरी

काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ।   काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो। प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै अस्पतालवाट एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ । आमा-बच्चाको फलो अप चेकका लागि शुक्रबार प्रसूति गृह ल्याइएको थियो ।

केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन्। घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो। त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो। प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ। 
 

प्रतिक्रिया