लघुवित्त पीडितको बालुवाटार लक्षित आन्दोलन पनि जारी रहने

काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले आज पनि बालुवाटार लक्षित आन्दोलन गर्ने भएका छन् । मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले दिउँसो एक बजे बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ । यसै हप्ता काठमाडौं आइपुगेका लघुवित्त पीडितहरु चिसोका कारण अधिकांश बिरामी परेका छन । लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।। 

प्रतिक्रिया