मिटरब्याज पीडितले आज सिंहदरबार घेराउ गर्दै

तेइस दिनको पैदलयात्रापछि काठमाडौं आएका मिटरब्याज पीडितले आजवाट आन्दोलन थाल्ने भएका छन । बिहीबार नै सिंहदरबार आउने तयारी गरेपनि  झरी र चिसोले प्रभावित भएपछि आज उनीहरुले थानकोटवाट सिंहदरबारसम्म मार्च पास गर्ने तयारी गरेका छन । न्याय नपाएसम्म काठमाडौंको भृकुटीमण्डपमा धर्ना दिने तयारी पीडितको छ ।  बिहीबार नै सिंहदरबार आउने तयारी गरेका उनीहरुले आज थानकोटस्थित त्रिभुवनपार्कमै रात बिताएका थिए । संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च सुरु गरेका थिए ।  पूर्व मेचीदेखि पश्चिम महाकालीबाट तीन साताको लामो पैदल यात्रा गर्दै झन्डै ६ सय मिटरब्याजपीडित काठमाडौं  आएका हुन । सरकारले २०७९ चैत २० गते अनुचित लेनदेन अर्थात् मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । आठ महिना काम गरेको आयोगमा २८ हजार निवेदन परेका थिए । तीमध्ये पाँच हजार निवेदनमा मिलापत्र भएर फर्छ्योट भएको दाबी सरकारको छ । तर पीडितहरुले भने अझै न्याय नपाएको बताएका छन । फर्जी तमसुक, दृष्टिबन्धक, चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग पीडितहरूको छरु।। 

प्रतिक्रिया