कांग्रेस महासमिति बैठक आज सकिने, सुझाव र सवालमा नेताहरुले जवाफ दिने कार्यसूचि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(2)_bVKwJxoCNu_bkpacikdfrn1linishhekrighekqlyn5fhphle12pqo276tezfkcrkutszei_2WxKGPrqU1_ftnkijioxpi4xzfktvxhxppr7bbagvzghnlqqpdakqchsvbzpookulg3k01x.jpg)
नेपाली कांग्रेसको महासमितिको बैठकमा आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत भैरहेको छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आजै सकिनेछ । गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने भएको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने कार्यतालिका छ । बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् ।।
प्रतिक्रिया