आगलागीवाट विराटनगर जुट मिल्समा २० लाख बराबरको क्षति

विराटनगर जुट मिल्समा गएराति लागेको आगोले करिव २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा मङ्गलवार राति आगलागी हुँदा मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका हो । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाले जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको बताए । उनले सरकारले आगामी वैशाखबाट मिल्स पुनःसंरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका रहेको पनि बताए । त्यस्तै, विराटनगर महानगरपालिकाले भने लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय, मोरङले आगलागीबाट तीन वटा पुराना मेसिन र जुट बनाउन राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको जनाएको छ । जुट मिल्समा आगलागि हुनुको कारण खुलिनसकेको पनि प्रहरीले जनाएको छ । 
प्रहरीले बन्द अवस्थामा रहेको मिल्समा अचानक आगलागी हुनु शंकास्पद देखिएकौ भन्दै सोही आधारमा अनुसन्धान गर्ने पनि जनाएको छ ।
 

प्रतिक्रिया