नेपाल क्यानडा एकदिवसीय क्रिकेट श्रृङ्खलाको आज निर्णायक खेल
_yngHOS6h9q_kwi7t0jpg3j2rwjqimzzwbyjmsmvgmmwsoc2benp3yxowpftwb0gdc99ixcr_UaeLT3TPOQ_la1w8c5vqmyidqbugltny9j5961el1pxittvkfdhx7srdzpdifrtlvqirbmk.jpg)
नेपाल–ए टिमले अहिले क्यानाडा एघार सँगको सिरिज अन्तर्गत निर्णायक खेलमा प्रतिस्पर्धा गरिरहेको छ । क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपालले पहिलो ब्याटिङ गरिरहेको हो । क्यानडाका कप्तान साद बिन जफरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको हो । तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो । उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन् । आज दुवै टोली जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने प्रयासमा छन । क्यानाडा–११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानाडालाई २ विकेटले हराएको थियो। सिरिज अहिले एक–एकको बराबरीको अवस्थामा छ । नेपाल आज सिरिज जित्ने लक्ष्यमा छ । क्यानाडाको टिम आईसीसी विश्वकप लिग टुको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीमा छ । सोही अनुसार क्यानाडाले नेपाल ए सँग सिरिज खेलेको हो । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग–२ को यात्रा शुरु गर्दैछ । आजको खेलपछि क्यानडा युएई जाने छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया