परिवारका तीनजनाको हत्या गरेर झुण्डिएर आत्महत्या

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । उनीहरु बस्दै आएको कोठामा मृत फेला परेका हुन । घरेलु हातहतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान् पनि आत्महत्या गरेको अवस्थामा परेका छन । ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउने परिवार रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोलीले घटनाको अध्ययन गरिरहेको छ ।। 

प्रतिक्रिया