वीरगञ्जमा लगार्ईएको कर्फ्यु राती दश बजेसम्मका लागि हटाइयो

वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु बुधबार  बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ । आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्ज महानगर क्षेत्रमा सोमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेको हो । वीरगन्जमा सोमबारदेखि दुई फरक धर्म समुदायबिचको द्वन्द्वका कारण उत्पन्न तनावको स्थिति साम्य हुदै गएकोले सर्वसाधारण नागरिकको सुविधा र सहजतालाई मध्यनजर गरी अर्काे आदेश नभएसम्मका लागि सोमबार साँझ देखि जारी गरिएको कर्फ्यु आदेश बुधबार बिहान ११ बजे देखि राति १० बजेसम्मका लागि हटाइएको प्रशासन कार्यालयले जनाएको छ । यसअघि मंगलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुन कर्फ्युलाई यथावत राख्ने निर्णय गरेको थियो । तर बुधबार बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको भन्दै कर्फ्यु हटाउने निर्णय गरेको हो । यसअघि मंगलबार राति जिल्ला प्रशासन कार्यालयमा हिन्दु समाज पर्सा र स्थानीय प्रशासनबिच तनावग्रस्त बनेको वीरगन्जको अवस्था सामान्य बनाउन पहल गर्ने सहमति भएको थियो ।सहमतिमा मंगलबार दिउँसो सर्वदलीय–सर्वपक्षीय बैठकले गरेका पाँच बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो । वीरगन्जमा सोमबार हिन्दु धर्मको झण्डा च्यात्ने, फरक धर्मका समुदायलाई गालीगलौज र धम्की दिनेहरुलाई पक्राउ गरि प्रहरीले कारबाही गर्ने सहमति पनि भएको छ ।। 
 

प्रतिक्रिया