ललितानिवासको जग्गा खाली गर्न काठमाडौं महानगरको ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो । सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य  महानगरपालिकाको भएको भन्दै महानगरले जनाएको छ । सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया