बाराका आदाबारमा जीप र ट्रक ठोक्किएर दुर्घटना, दुई जनाको मृत्यु

बाराको पथलैयामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन । घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया