राष्ट्रसंघमा अमेरिकाद्वारा गाँजामा अस्थायी युद्धविरामसम्बन्धी वैकल्पिक प्रस्ताव पेस

अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्रुमा इजरायल र हमासबीच अस्थायी संघर्षविरामसम्बन्धी वैकल्पिक प्रस्ताव पेस गरेको छ । गाजाको रफाहमा सैन्य कारबाही गर्ने इजरायली घोषणाप्रति असहमति जनाउँदै अमेरिकाले सुरक्षा परिषदमा संघर्षविरामका लागि वैकल्पिक प्रस्ताव पेस गरेको हो । अल्जेरियाले दर्ता गराएको प्रस्तावको विकल्पमा अमेरिकाले नयाँ प्रस्ताव पेस गरेको हो । रफाहमा सैन्य कारबाही गर्दा हुनसक्ने मानवीय क्षति रोक्न अमेरिकाले दबाब दिदै आएको छ । यसैविच इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ । गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन् । उनले राफामा १० लाख शरणार्थी मात्रै रहेको र स्थानीय सहित लाखौँ मानिस बसोबास गरिरहेको भन्दै यस्तो निर्णय नलिन इजरायललाई सचेत गराए । राष्ट्रसंघीय एजेन्सीका अनुसार इजरायलले अस्पतालमा सैन्य अभियान चलाइरहेको छ। खान युनिसस्थित नासिर अस्पताल इजरायलले सैन्य अभियान चलाएकोप्रति राष्ट्रसंघले आपत्ति जनाएको छ । गत अक्टोबर ७ मा हमासले इजरायल आक्रमण गरेयता इजरायलले जारी राखेको गाजा आक्रमणमा २८ हजार बढीको मृत्यु भइसकेको छ ।। 

प्रतिक्रिया