जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेका छन । आशवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल जीप खसेर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरुको आँबुखैरेनी अस्पताल र चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ ।। 

प्रतिक्रिया