इशनाथ नगरपालिकाका अधिकांश क्षेत्रमा आज पनि कर्फ्यू जारी

रौतहटको इशनाथ नगरपालिकाका अधिकांश क्षेत्रमा आज तेस्रो दिनपनि कर्फ्यू जारी छ । शनिबार साँझदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले दुई वडामा लगाएको कफ्र्यु आइतबार दिउँसो थप चारवटा वडामा विस्तार गर्दै ६ वटा वडामा पु¥याएको हो ।  सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको भए पनि तनाव कम नभएकाले कर्फ्यू लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।  इशनाथको वडा नं २, ३, ४, ५, ६ र ७ मा कफ्र्यु लगाइएको छ । सरस्वती पूजामा प्रयोग गरिएको प्रतिमा विर्सजनका लागि बाटो भएर लैजान नदिँदा विवाद उत्पन्न भएको थियो। विवादले झडपको रुप लिएपछि इशनाथमा करिब एक हप्तादेखि तनावको स्थिति रहेको छ । घटनास्थलमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीका मधेस प्रमुख डिआइजी यज्ञविनोद पोखरेल तथा सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाहसहित सात सय प्रहरी परिचालन गरिएको छ । कर्फ्यूकै बीच जिल्ला प्रशासन कार्यालय रौतहटले आज सहमति प्रयासका लागि सर्वपक्षीय बैठक बोलाएको छ । बैठकमा सरस्वती प्रतिमा सेलाउने र शान्ति एवं सद्भाव कायम गर्ने विषयमा निष्कर्ष निकालिने प्रशासनले जनाएको छ ।। 
 

प्रतिक्रिया