राष्ट्रपति पौडेलद्धारा शाली नदी मेलामा पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेल स्वस्थानी व्रत कथा अन्र्तगतको माधवनारायण मेलामा आज सहभागी भएका छन । काठमाडौँ शङखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि जारी मेलामा उनले सहभागिता जनाएका हुन । सो क्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना गर्नुका साथै शालीनदीमा जल अभिषेक गरे । साथै राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम पूजा अर्चना गरे । बज्रयोगिनी मन्दिरमा शङखरापुर ८ का वडाअध्यक्ष पोटे थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले पौडेललाई स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु मेरा लागि खुशीको विषय भएको बताए । भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम ऐतिहाकिस महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास उनको छ । सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुख लगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए । राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास उनीहरुको थियो ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_YbAequ1o3X_vnhmo0wd0it6cwqkpz5fs4ykdb0ls573vmjozb6fymmbnsmgopyakipshshn.jpg)
प्रतिक्रिया