इजरायलले रफाहमा गरेको आक्रमणको विश्वभर विरोध

इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विश्वभर विरोध भएको छ । प्यालेस्टेनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन । स्पेनको मड्रिडमा प्रदर्शनकारीले इजरायल सरकारको ज्यादती विरुद्ध नारा लगाएर शहर परिक्रमा गरेका छन । प्रदर्शनका कारण देशको यातायात सेवासमेत अस्तव्यस्त बनेको थियो । बेलायतमा प्यालेस्टाइनी सोलिडारिटी क्याम्पेनले आयोजना गरेको प्रर्दशनमा दुई लाख ५० हजार मानिस सहभागी भएका छन । प्रदर्शनकारीले इजरायल र हमासबीच तत्काल युद्धबिरामको माग गर्दै गाजाको जनताको रक्षाको प्रत्याभुती गर्न माग गरेका छन् ।सोही क्रममा प्रहरीसंगको झडपमा बा¥ह जनालाई पक्राउ गरिएको छ । इजरायलले पछिल्लो समय गाजाको रफाह क्षेत्रमा आक्रमण जारी राख्दा ठुलो जनधनको क्षति भएको छ । इजरायलले एकसाथ हवाई र स्थलगत आक्रमण गरिरहेको छ ।
 

प्रतिक्रिया