प्रधानमन्त्री दाहालद्धारा नेपालले शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले सन् २०४५ सम्ममा शुन्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता जनाएका छन् । जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप खडेरी लगायतका जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताउँदै आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको पनि बताए । उनले एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शुन्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको पनि उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया