कपिलबस्तुमा बस दुर्घटनमा ज्यान गुमाउने १० जनाकै सनाखत

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–एक दोबाटाको घुम्तीमा गएराति बस दुर्घटना हुँदा दश यात्रुको मृत्यु भएको छ । मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा  सात जना पुरुष  र तनि जना महिलाको मृत्यु भएको हो ।  दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–तीन का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् । त्यस्तै भीमदत्त नगरपालिका–एक कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–चार कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ । भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने बिमला देवी भट्टको पनि दुर्घटनमा मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं तर्फ आउदै गरेको सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो । घाईते तेतिस जनालाई सशस्त्र प्रहरीले उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको छ । घाइतेको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । छ जना भने सामान्य उपचारपछि घर फर्केका छन । घाइतेमध्ये आठ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको घाइते यात्रुहरुले बताएका छन । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेको बताइएको छ ।। 
 

प्रतिक्रिया